राप्रपाको विरोधपछि प्रतिनिधि सभा बैठक स्थगित

0
Shares

काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले प्रतिनिधि सभाको आजको बैठकमा अवरोध गरेका छन्।

राप्रपाका सांसदहरूले आकस्मिक समयमा बोल्न पाउनुपर्ने माग गरेका थिए।  राप्रपा सांसदहरूलाई सभामुख देवराज घिमिरेले आकस्मिक समय आज नरहेको बताएका थिए। आज बोल्न शुन्य समयबाहेक अन्य समय नभएको सभामुखले बताएका थिए।

बोल्न समय नपाएको भन्दै राप्रपा सांसदहरू वेलतर्फ अघि बढेका थिए। सभामुख घिमिरेले आजै १५ मिनेटपछि बस्ने गरी प्रतिनिधि सभा बैठक स्थगित गरेका छन्।