पक्राउ परेका पूर्वगृहमन्त्री खाँणलाई टेकु लगियो, आजै अदालत पुर्याइने

0
Shares

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन् ।

कांग्रेस नेतासमेत रहेका खाँणलाई बुधबार विहान मैजुवहालस्थित निवासबाट प्रहरी पक्राउ गरिएको थियो ।

प्रहरी उच्च स्रोतका अनुसार पूर्वगृहमन्त्री खाँणलाई प्रहरी परिसर टेकु लगिएको छ ।

उनीमाथि सोधपुछ गरेर आजै जिल्ला अदालतमा म्याद थपका लागि लगिने तयारी रहेको छ ।