नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ

0
Shares

काठमाडौं । पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँण पक्राउ परेका छन् । खाँण बुधबार विहान उनकै निवासबाट पक्राउ परेका हुन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका खाँणलाई प्रहरीले निवासबाटै पक्राउ गरेको हो ।

यसअघि गृह मन्त्रालयका पूर्वसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईलाई प्रहरीले पक्राउ गरिसकेको छ ।

त्यस्तै सोही प्रकरणमा मुछिएका पूर्वउपप्रधानमन्त्री तथा एमालेका सचिव टोपबहादुर रायमाझी हालसम्म फरार छन् ।