कोशी प्रदेश नामाकरणविरुद्ध आन्दोनकारी आक्रामक : दमकमा गोली चल्यो, १० सुरक्षाकर्मी घाइते

0
Shares

झापा । कोशी प्रदेश नामाकरण खारेजीको माग गर्दै शुरू भएको दोस्रो चरणको आन्दोलनको पहिलो दिनमा झडप हुन पुगेको छ ।

झापाको दमकमा मंगलबार साँझ राँके जुलुससहित विरोध प्रदर्शनमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा आन्दोलनले उग्ररुप लिएको छ । झडपको क्रममा प्रहरीले गोलीसमेत चलाएको छ ।

सो आन्दोलनमा परी १० जना प्रहरी र २ जना आन्दोलनकारी घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार सो झडपमा परेर इलाका प्रहरी कार्यालय दमकका डिएसपी मनोजकुमार लामासहित १० सुरक्षाकर्मी घाइते हुन पुगेका छन् भने प्रदर्शनकारीतर्फ पनि दुई जना घाइते भएका छन् ।

यसरी घाइते हुने प्रदर्शनकारीहरूमा दिक्षा क्षेत्री र गजेन्द्र फागो रहेका छन् । दुवैतर्फको घाइतेको स्थानीय अस्पतालमा प्रारम्भिक उपचार गरिएको थियो ।

दमकको पश्चिम बस स्ट्याण्डबाट गणतन्त्र चोकतर्फ ठूलो संख्यामा प्रदर्शनकारीहरू मसालसहित सडकमा निस्किएका थिए ।

सुरक्षाकर्मीले प्रदर्शनकारीहरूले बोकेको मसाल खोस्न खोजेपछि स्थीति तनावग्रस्त बन्न पुगेको स्थानीयले जनाएका छन् ।