ब्याजदर घट्ने भएपछि लगानीकर्ता उत्साहित

0
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले हरेक महिना कर्जाको ब्याजदर परिवर्तन गर्न सक्ने सुविधा दिएपछि शेयर बजारमा सकारात्मक सुधारको संकेत देखिएको छ ।
राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई निर्देशन जारी गर्दै मासिकरूपमा ब्याजदर रुपमा कर्जाको ब्याजदर परिवर्तन गर्नुपर्ने व्यवस्था गरेको थियो । पछिल्लो तीन महिनाको आधारदर अनुसार मासिकरुपमा कर्जाको ब्याजदर परिवर्तन गर्न पाउने छन् ।
कर्जाको ब्याजदर परिवर्तन गर्दा औसत आधारदरमा भएको थपघटको सीमासम्म मासिकरुपमा परिवर्तन गर्नुपर्छ । औसत आधार दरमा भएको परिवर्तनभन्दा बढी ब्याजदर घटाउन पाइनेछ । राष्ट्र बैंकको नया“ नीतिपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक मंगलबार दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक १० दशमलव ६६ अंकले बढेर १ हजार ८४४ दशमलव ३६ अंकमा पुगेको छ ।
२६९ वटा कम्पनीका २८ लाख ३६ हजार कित्ता शेयर ७७ करोड ४७ लाख ६० हजार रुपिया“को कारोबार भएका छन् । कारोबार रकमका आधारमा हिमाल दोलखा हाइड्रोपावर कम्पनी अगाडि रहेको छ । सो कम्पनीको ६ करोड ९६ लाख २५ हजार रुपिया“मा ३ लाख ६५ हजार कित्ता शेयर किनबेच भएको छ ।
यस दिन सबै समूह वृद्धि भएको छ । सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक ७५ दशमलव ०१ र होटल तथा पर्यटन समूहको उपसूचक ६५ दशमलव ८४ अंकले बढेको छ । बैंकिङ समूह तीन दशमलव ५८, विकास बैंक समूह २८ दशमलव ३९, वित्त समूह सात दशमलव ७६, जलविद्युत् समूह २४ दशमलव ५८ र लगानी समूह शून्य दशमलव ४९ अंकले बढेको छ ।
त्यस्तैगरी, उत्पादन तथा प्रशोधन ५८ दशमलव ५९, लघुवित्त १० दशमलव ९८, म्युचुअल फन्ड शून्य दशमलव ०२, निर्जीवन बीमा २० दशमलव ६०, व्यापार दुई दशमलव ३५ र अन्य समूह तीन दशमलव ३७ अंकले बढेको छ । पिपुल पावरको शेयर मूल्य सबैभन्दा धेरै ६ दशमलव ४७ प्रतिशतले बढेको छ भने सबैभन्दा धेरै घट्नेमा युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको ८ दशमलव ६८ अंकले घटेको छ ।