अर्थमन्त्रीलाई मौद्रिक नीतिको आशा : विदेशी सहायता, राजस्व र आन्तरिक ऋण बजेटको स्रोत

0
Shares

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले बैंकको ब्याजदर घटाएर अर्थतन्त्रलाई चलायमान बनाउ“दै देशको आर्थिक अवस्थामा सुधार ल्याउने बताउनुभएको छ । आर्थिक वर्ष २०८०/८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) सांसदले उठेका प्रश्नको जवाफ दि“दै उहा“ले सो कुरा बताउनुभएको हो ।

आर्थिक वृद्धिदर कुनै सीमित वर्ग र समुदायमा मात्र सीमित नभइ समावेशी हुने गरी आगामी बजेट तय उल्लेख गर्दै उहा“ले वैदेशिक सहायता कम भए पनि स्रोत जुटाउने सबै उपाय अवलम्बन गरिने बताउनुभयो ।

त्यस्तै आगामी आर्थिक वर्षमा पु“जीगत खर्चको प्रभावकारिता बढाउने र पहिलो दिनदेखि नै प्रभावकारी रुपमा अनुगमन गर्ने उल्लेख गर्दै विदेशी सहायता, राजस्व र आन्तरिक ऋण नै बजेटको स्रोत हुने अर्थमन्त्रीको भनाइ छ ।

उहाँले मौद्रिक नीतिमार्फत ब्याजदर कम गर्ने व्यवस्था गर्न सकिनेछ भन्दै राजस्व बढाउन र अर्थतन्त्र चलायमान बनाउन यसले योगदान पुग्ने बताउनुभयो । कोभिडका बेला मौद्रिक नीति सहज गरी पु“जी प्रवाह हु“दा अन्य समस्या निम्त्याएको भन्दै सञ्चिति र मूल्यवृद्धि बढ्न थालेपछिच राष्ट्र बैंकले नियन्त्रण गर्दा आर्थिक गतिविधि कम भई राजस्वमा प्रभाव परेकोले खुकुलो मौद्रिक नीति आउनेबित्तिकै राजस्व बढ्ने उहा“को भनाइ छ ।

कुनै पनि सीमित वर्ग र समुदायलाई फाइदा पु¥याउने गरी करसम्बन्धी कुनै काम नहुने भन्दै राजस्व चुहावट नियन्त्रणका निम्ति गृह मन्त्रालयस“ग समन्वय गर्ने बताउनुभयो । सामाजिक सुरक्षा रकम कटौती गर्ने सरकारको कुनै योजना नरहेको अर्थमन्त्रीको भनाइ छ ।