बजेट अधिवेशन : संसदमा सांसदले राखेको धारणामा आज अर्थमन्त्रीले जवाफ दिँदै

0
Shares

काठमाडौं । आज प्रि–बजेटका बारेमा सांसदहरुले राखेका धारणाका बारेमा अर्थमन्त्री प्रकाशशरण महतले जवाफ दिँदैछन् ।

गत आइतबार बसेको प्रतिनिधिसभाको कार्य व्यवस्था समितिको बैठकले गरेको निर्णयअनुसार तीन दिनसम्म सांसदहरुले राखेका प्र्रि–बजेटका बारेमा आज अर्थमन्त्री महतले जवाफ दिन लागेका हुन् ।

गत वैशाख २५ देखि प्र्रि–बजेटका बारेमा छलफल भएअनुसार सांसदहरुले आ–आफनो धारणा राखिसकेका छन् । अर्थमन्त्री महतले राष्ट्रियसभामा सासदहरुले उठाएका सवालको जवाफहरु भने हिजै दिइसकेका छन् । उनले जवाफ दिने क्रममा सामाजिक सुरक्षा भत्ता नकाटिने जनाउँदै विश्वस्त हुन आग्रह गरेका छन् ।

संवैधानिक ब्यवस्था अनुसार जेठ १५ गते आउन लागेको बजेटको पूर्वसन्ध्यामा राजनीतिक दलहरुले प्र्रि–बजेटका बारेमा छलफल शुरु गरेका थिए । गत बुधबार बसेको नेकपा (माओवादी केन्द्र) नेतृत्वको सत्तारुढ गठबन्धनको बैठकमा पनि सो बारेमा प्रारम्भिक छलफल भएको थियो ।

शुक्रबार र शनिबार पनि बसेको गठबन्धनको बैठकमा सरकारको आगामी बजेट तथा नीति तथा कार्यक्रमका बारेमा शीर्ष नेताका बिचमा प्रारम्भिक चरणका छलफल भईसकेको छ । उनीहरु यतिखेर सरकारका प्राथकिताका बारेमा छलफल गरिरहेका छन् ।