तीन पुस्ताका कलाकारको सामूहिक कला प्रदर्शनी

0
Shares

२५६७औं बुद्ध जयन्तीको अवसरमा नेपाली कला आकाशको तीन पुस्ताका कलाकारद्वारा सिर्जना गरिएका थ्री जेनेरेशन अन्डर द मून शीर्षकको कलाकृतिको सामूहिक प्रदर्शनी राजधानीमा शुरु भएको छ।

नेपालका लागि जर्मन राजदूत महामहिम डा. थोमस प्रिन्ज र नेपाल जर्मन चेम्बर अफ कमर्स एन्ड इन्डस्टिझजका अध्यक्ष सन्तोष कुँवरद्वारा संयुक्तरुपमा मोक्षको विन्स हर्स ग्यालरी झम्सीखेल ललितपुरमा शुभारम्भ गरिएको प्रदर्शनी आगामी जेठ १२ गतेसम्म चल्नेछ।

प्रदर्शनीको संयोजन नेपाल ललितकला प्रज्ञा+प्रतिष्ठानका पूर्वसंस्थापक कुलपति किरण मानन्धरले गरको छन् भने कलाकार संयोजन प्राज्ञ सुषमा राजभण्डारीले गरेकी छन्। प्रदर्शनीको अवधारणा र शीर्षक कलाकार उमेश श्रेष्ठको हो। प्रदर्शनीमा पहिलो पुस्ताका कलाकारहरु किरण मानन्धर, विजय थापा, गोविन्दलाल सिं डंगोल, कृष्ण मानन्धर, श्यामलाल श्रेष्ठ, गौतमरत्न तुलाधर, विपिन घिमिरे, आईवी मल्ल, राधेश्याम मुल्मी, शशी शाह र रागिनी उपाध्याय, दोस्रो पुस्ताका कलाकारहरु हरिजंग बमजम, एसस सुमन, डा. सीमा शाह, सुषमा राजभण्डारी, उमाशंकर शाह र उमेश श्रेष्ठ तथा तेस्रो पुस्ताका कलाकारहरु अनिता भद्मराई, गौरव तुलाधर, कौशल श्रेष्ठ, प्रवीण श्रेष्ठ, राजेश मर्हजन, रत्न शाक्य, शंकर श्रेष्ठ, सूर्य दुराज, सुष्मिता कुँवरका चित्र समोवश छन्।

नेपाली कला फाँटका तीन पुस्ताबीच सिर्जनात्मक अनुभव प्राप्तिलाई एक आपसमा बाँड्दै नेपाली कला जगतलाई अरु अघि बढाउनु र एक पुस्ताले अर्को पुस्तालाई जान्न, बुझ्न र सम्मान गर्न, वर्तमान सुस्ताइरहेको निराश अर्थतन्त्रको प्रभाव परेकोले कला सिर्जना र कला प्रर्दशनी गर्न एक्लै असहज र अन्योल हुनबाट जोगिदै सिर्जनामा गतिशील गराउन, कलाको विकास र प्रवद्र्धनको खातिर कुनै पनि संगठन, संघ, संस्थाको मात्रै भूमिका नभई तीसँग नजोडिएका कलाकारको पनि दायित्व र जिम्मेवारी हो भन्ने कुराको सन्देश दिन, शान्तिको सन्देश फैलाउने भगवान् सिद्धार्थ गौतम बुद्धको सिर्जनामार्फत सम्झना गर्न र उनीबाट कला सर्जकले लिन सक्ने ज्ञानलाई अंगिकार गरि सिर्जनामा सशक्तता, प्राकृत र मौलिक खोजी गर्न तथा अघिल्लो पुस्ताका सिकाइ, भोगाइ र अनुभव नयाँ पुस्तालाई हस्तान्तरण गर्दै उनीहरुको कामलाई दस्ताविजीकरण गर्न संयुक्त प्रदर्शनी आयोजना गरिएको कलाकारहरुले बताएका छन्।