विदेशबाट आउँदा दुईवटा मोबाइल ल्याउन पाइने

0
Shares

काठमाडौँ।

सरकारले वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरूले थप एउटा मोबाइल फोन ल्याउन पाउने व्यवस्था गरेको छ।

मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले थप एउटा मोबाइल फोन ल्याउन पाउने‍ व्यवस्था गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन‍्।

पहिले पाइरहेको सुविधाबाहेक थप अर्को एउटा फोन पनि ल्याउन पाउने निर्णय भएको उनले बताइन्।

यसअघि बाहिरबाट फोन ल्याउँदा खेरी आफूले चलाइरहेको मात्र फोन ल्याउन पाइन्थ्यो थप अर्को ल्याए १८ प्रतिशत कर तिर्नुपर्ने व्यवस्था थियो। त्यसको चौतर्फी विरोध भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यसलाई तत्काल लागू नगर्न निर्देशन दिएका थिए।

यस्तै, एमडिएमएस व्यवस्था पनि लागू गर्ने निर्णय भएको उनले जानकारी दिइन्।