संगीतमा स्टेज सार्वजनिक



गायक तथा संगीतकार चेतन राईले हालै सल्यानमा आयोजित एक समारोहमा उनको चौथो एकल एल्बम स्टेज सार्वजनिक गरेका छन्। खलंगामा आयोजित समारोहमा शारदा नगरपालिकाका प्रमुख प्रकाश भण्डारीले गायक राईको एल्बम विमोचन गरेका हुन्।

एल्बममा आधुनिक शैलीका आधा दर्जन गीत समावेश छन्। एल्बममा सल्यानको पर्यटनलाई प्रवद्र्धन गर्ने शैलीको गीत पनि समावेश छ भने एउटा राष्टिझय गीत समावेश गरिएको गायक राईले बताए। कार्यक्रममा सल्यानको पर्यटनलाई टेवा पड्डयाउने उद्देश्यले तयार पारिएको गीत कुपिण्डे तालैमाको म्युजिक भिडियो प्रिमियरसमेत गरियो। गीतमा गायक राईलाई गायिका रचना रिमालले गायनमा साथ दिएकी छिन् भने गायक राईकै शब्द तथा गायक राई र सूर्य रुम्वाको संगीत छ। फराज अर्पणद्वारा निर्देशित गीतको म्युजिक भिडियोमा नेहा तामाध्र, अभिलाषा सिंह, मनिषा बस्नेत, संयम सिंह, नविन थापा, आभाष भद्मराई, प्रकाश लामिछाने, प्रितिका सिंहलगायतका कलाकारले अभिनय गरेका छन्। गायक राईले यसअघि सेभेन, साउन्ड, स्टेप शीर्षकका एकल एल्बम सार्वजनिक गरिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्