आइजिपी कुँवरको अमेरिका भ्रमण रद्द

0
Shares

काठमाडौँ।

नेपाल प्रहरीका आइजिपी बसन्तबहादुर कुँवरको अमेरिकाको भ्रमण रद्द भएको छ।

त्यहाँ आयोजना हुने लिडरसिप एक्सचेन्ज कार्यक्रममा सहभागी हुन सोमबार आइजिपी कुँवर अमेरिका प्रस्थान गर्ने कार्यक्रम थियो । तर, नक्कली भुटानी शरणार्थी प्रकरणका कारण उनले भ्रमण रद्द गरेको हुनसक्ने बताइएको छ।

उक्त कार्यक्रममा एआइजी किरण बज्राचार्यको नेतृत्वमा पाँच सदस्यीय टोली त्यसतर्फ प्रस्थान गरेको छ।

एआइजी बज्राचार्यसँगै सदस्यहरू एआइजी सुदिप गिरी, डिआइजी रामदत्त जोशी, एसएसपी एएम चन्द्रबहादुर धामी र सन्तोष खड्का छन्।

उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा डिआइजीलगायत प्रहरी अधिकृतहरूले बिदाइ गरेका थिए।

वैशाख २७ देखि २९ गतेसम्म संयुक्त राज्य अमेरिकाको वासिङ्टन डि.सी. र न्युयोर्कमा सञ्चालन हुने उक्त कार्यक्रममा भविष्यमा हुने सुरक्षा चुनौती र आतंकवाद, डिजिटल अपराध, क्रिप्टोकरेन्सी कारोबार लगायतका वित्तीय अपराध अनुसन्धान तथा नियन्त्रण र यससम्बन्धी ज्ञान तथा अनुभव आदानप्रदान हुने छ।

कार्यक्रमबाट नेपाल र मित्रराष्ट्र अमेरिकाका सुरक्षा निकायहरूबीचको सम्बन्ध सुमधुर हुने अपेक्षा गरिएको छ।