सिंहदरबारमा संवैधानिक परिषद्को बैठक सुरु

0
Shares

काठमाडौं।

सिंहदरबारमा संवैधानिक परिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको आह्वानमा सोमबार सिंहदरबारमा परिषद्को बैठक बसेको हो ।

बैठकमा प्रधानमन्त्री दाहालसहित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपसभामुख इन्दिरा राना, कानुन, न्याय र संसदीय मामिलामन्त्री धनराज गुरुङ र प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली सहभागी छन् । शनिबार बिहान प्रधानमन्त्री दाहाल र विपक्षी दलका नेता ओलीबीच सोमबार बैठक बोलाउने सहमति भएको थियो ।

आजको बैठकमा प्रधानन्यायाधीश नियुक्तिका लागि छलफल गर्ने बताइएको छ ।

संवैधानिक परिषद्‍मा प्रधानमन्त्रीसहित विपक्षी दलको नेता, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाको अध्यक्ष र प्रतिनिधिसभाको उपसभामुख रहने व्यवस्था छ ।