अर्थ मन्त्रालयका सचिव पोखरेलद्वारा शपथ

0
Shares

काठमाडौं ।

अर्थ मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलले राष्ट्र बैंक सञ्चालक समिति सदस्यको शपथ लिएका छन् ।

सर्वाेच्च अदालतमा सोमबार आयोजित कार्यक्रममा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसमक्ष उनले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

अर्थ मन्त्रालयका सचिव राष्ट्र बैंक सञ्चालक समितिको सदस्य रहने संवैधानिक व्यवस्था छ ।