श्री एअरलाइन्सको जहाज उडाउन रोक, इन्जिनियरलाई ड्युटीबाट हटाइयो

0
Shares

काठमाडौँ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले श्री एअरलाइन्सको कलसाइन नाईन एन एएनई जहाजलाई उडानमा रोक लगाएको छ । तीन दिनमा दुई पटक समस्या देखिएपछि जहाजलाई उडानमा रोक लगाइएको हो ।

जहाजको विस्तृत परीक्षणपछि मात्रै उडानको अनुमति दिने प्राधिकरणको जनाएको छ ।

उक्त जहाजको ल्यान्डिङ गियरमा गत शनिवार समस्या आएकोमा आज (सोमबार) पनि त्यही समस्या दोहोरिएको थियो । प्राधिकरणले जहाजको मर्मतमा संलग्न इन्जिनियरलाई पनि सोधपुछका लागि ड्युटीबाट हटाएको छ ।

आज बिहान भैरहवाबाट उडेको श्री एअरको जहाज बीच बाटोबाटै फर्किएर भैरहवामै अवतरण भएको थियो ।