दार्चुला हिम पहिरो: थप एक जनाको शव भेटियो

0
Shares

काठमाडौँ।

गत १९ गते दार्चुलामा गएको हिमपहिरोमा हराइरहेका मध्ये आज (सोमबार) थप एक जनाको शव फेला परेको छ । डोटिको जोरायल गाउँ पालिका -२ कि २८ बर्षिया इश्वरी थापाको शव सशस्त्र प्रहरी बल नं. ५० गुल्म छङ्रुको टोलिले फेला पारेको हो ।

यस अघि अन्य ३ जनाको शव फेला परेकै ठाउँमा उनको शव फेला परेको हो । योसंगै ४ जनाको शव फेला परेको छ भने एक महिलाको खोजी कार्य जारी छ ।