अर्थमन्त्री अनुपस्थित भएपछि संसद बैठक स्थगित

0
Shares

काठमाडौं ।

 प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ । सोमबारको आगामी आर्थिक वर्षको लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल भइरहेको छ ।

तर, अर्थमन्त्री डा प्रकाशशरण महत अनुस्थित भएपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन् । एमाले सांसल रघुजी पन्तले सम्बन्धित् मन्त्रीको उपस्थिति अनिवार्य रहेको भन्दै सभामुख घिमिरेको ध्यानाकर्षण गराएका थिए ।

यस्तै रास्वपाका सांसद सुमना श्रेष्ठले पनि उठेर सभामुखको ध्यानाकर्षण गराएकी थिइन् ।  अर्थमन्त्री महत राष्ट्रिय सभा बैठकमा रहेको र आउने जानकारी गराइए पनि अन्ततः १५ मिनेका लागि स्थगित गरिएको हो ।