सांसद अमरेशकुमार सिंह संसद् बैठकमै अर्धनग्न

0
Shares

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा स्वतन्त्र सांसद अमरेशकुमार सिंह अर्धनग्न देखिएका छन् ।

आफूले लगाएको कमिज र गञ्जी खोलेपछि उनी अर्धनग्न देखिएका हुन् ।

आफुलाई बोल्न समय नदिएको भन्दै बैठक शुरु भएलगत्तै उठेर विरोध गर्दै सिंह अर्धनग्न भए । उनको असभ्य व्यवहार देखेपछि

सभामुखले यसो नगर्न आग्रह गरे । तर, उनले नमानेपछि सभामुखले कारबाही गर्ने चेतावनीसमेत दिए ।

सांसद सिंहले संसद् बैठकमा असभ्य व्यवहार देखाएको भन्दै अन्य सांसदहरुले विरोध गरेका थिए ।