भैरहवाबाट काठमाडौंका लागि उडान भरेको जहाजमा खराबी, पुनः भैरहवामै अवतरण

0
Shares

काठमाडौं । भैरहवाबाट काठमाडौंका लागि उडान भरेको श्री एयरलाइन्सको जहाज पुनः भैरहवामै अवरण गरिएको छ ।

चालक दलका एक सदस्यले दिएको जानकारी अनुसार जहाजमा समस्या देखिएकोले पुनः भैरहवामै अवतरण गरिएको हो ।

भैरहवाबाट ७ः५५ मा उड्नुपर्ने जहाज ९ः४० बजेमात्रै काठमाडौंतर्फ उडेको थियो । करिब २० मिनेट आकाशमा उडेपछि जहाज भैरहवा विमानस्थलमै फर्किएर अवतरण गरेको स्रोतले बतायो ।