हतियार कारोबारमा म संलग्न छैन : रक्षामन्त्री खडका

0
Shares

काठमाडौं । उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खडकाले आफु हातहतियार खरिदमा संलग्न नभएको बताएका छन् ।

नेपाली सेनाले खरिद गर्न लागेको हातहतियार बन्दोबस्तोमा आफनो नाम पनि मुछिएको भन्दै उपप्रधानमन्त्री खडकाले आफनो संलग्नता अस्विकार गरेका हुन् ।

‘केही दिनदेखि मेरो नामसमेत जोडेर केही सञ्चार माध्यममा नेपाली सेनाको हतियार खरिद सम्बन्धमा आएका विविध प्रकृतिका समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ,’ खडकाले भनेका छन्, ‘म रक्षामन्त्री भएदेखि रक्षा मन्त्रालयबाट हतियार खरिदसम्बन्धि कुनै निर्णय नभएको कुरा सबैमा प्रष्ट पार्न चाहान्छु ।’