नक्कली लालपुर्जा बाडेर पैसा असुल गर्ने चार जना पक्राउ

0
Shares

झापा । नक्कली लालपुर्जा दिएर सर्वसाधारणलाई ठगेको आरोपमा चार जना पक्राउ परेका छन् ।

मेचीनगर नगरपालिका– ६ स्थित मेची डाँडाको ऐलानी जग्गाको नक्कली लालपुर्जा बनाएर बाडने कार्यमा सलग्न चारजना पक्राउ परेका हुन् ।

उनीहरुले एक सयभन्दा सर्वसाधरणबाट रकम उठाएर नक्कली लालपुर्जा बाडेको खुल्न आएको थियो ।

जिल्ला प्रहरी कार्यालय झापाका एसपी दुर्गाराज रेग्मीका अनुसार नक्कली लालपुर्जा बाड्नेमा मुख्य योजनाकार शिवसताक्षी नगरपालिका–५ का डिल्लीराम मैनालीसहित मेचीनगर–६ का ७५ वर्षीय भुपध्वज दाहाल, ७३ वर्षीय ज्ञानबहादुर गिरी र ५४ वर्षीय टंक खड्कालाई प्रहरीले हिरासतमा लिईएको छ । सो घटनामा सलंग्न एकजना भने पफरार रहेका छन् ।

प्रहरीका अनुसार नक्कली लालपुर्जा बाड्ने क्रममा पक्राउ परेकाहरुले एक परिवारसँग ९० हजार रुपैयाँसम्म असुल गरेको खुल्न आएको छ । यसरी बाँडिएको नक्कली लालपुर्जामा सम्बन्धित जग्गाधनीको फोटो टाँस गर्नुका साथै किर्ते सहीछापसमेत गरिएको भेटिएको थियो । न्युज कारखाना