आजदेखि प्रि-बजेटका बारेमा प्रारम्भिक छलफल हुँदै

0
Shares

काठमाडौं । आजदेखि तीन दिनसम्म प्रि–बजेटका बारेमा छलफल हुने भएको छ ।

हिजो बसेको प्रतिनिधि सभाको कार्यव्यवस्था समितिको बैठकले उक्त निर्णय गरेअनुसार आजबाट प्रि–बजेटका बारेमा छलफल हुनेछ ।

जसअनुसार वैशाख २५ देखि २८ गतेसम्म प्रि–बजेटका बारेमा छलफल हुने नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले जानकारी दिए ।

उनका अनुसार प्रि–बजेटमाथि विहान ११ बजेदेखि बेलुका ५ बजेसम्म छलफल गरिने र छलफलको अन्तिम दिन अर्थात् वैशाख २७ गते अर्थमन्त्री प्रकाशरण महतले जवाफ दिने गरी कार्यतालिका तय भएको छ ।

संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते आउन लागेको बजेटको पूर्वसन्ध्यामा राजनीतिक दलहरुले प्रि–बजेटका बारेमा छलफल शुरु गरेका छन् । गत बुधबार बसेको नेकपा (माओवादी केन्द्र) नेतृत्वको सत्तारुढ गठबन्धनको बैठकमा पनि सो बारेमा प्रारम्भिक छलफल भएको थियो ।

शुक्रबार र शनिबार पनि बसेको गठबन्धनको बैठकमा सरकारको आगामी बजेट तथा नीति तथा कार्यक्रमका बारेमा शीर्ष नेताका बिचमा प्रारम्भिक चरणका छलफल भईसकेको छ । उनीहरु यतिखेर सरकारका प्राथकिताका बारेमा छलफल गरिरहेका छन् ।