भट्टी धाउने पतिलाई रोक्न चम्सुरीले ल्याइन् गीत



हास्यव्यंग्य अभिनेत्री तथा टेलिसिरियल निर्देशक पल्पसा डंगोल ‘चम्सुरी’ मृगौला प्रत्यारोपणपश्चात् पुनः कलाकारिताको क्षेत्रमा जोश र जाँगरका साथ सक्रियरूपमा अगाडि देखिएकी छन्।

आप्mनो क्रियाशीलतालाई निरन्तरता दिँदै पल्पसाले जन्मदिनको अवसर पारेर हालै आप्mनो स्वरमा नयाँ गीत तिमी जाने भट्टीतिर र त्यसको भिडियो बजारमा ल्याएकी छन्। डंगोलको जन्म दिनको केक काट्दै राजधानीमा आयोजित एक समारोहबीच ख्यातिप्राप्त हास्यव्यंग्य अभिनेता मदनकृष्ण श्रेष्ठ, अभिनेता तथा गायक मुरलीधर, हास्यकलाकार किरण केसी, दीपाश्री निरौला, केदार घिमिरे, गायक आनन्द कार्कीलगायतले उनको गीत र त्यसको भिडियो सार्वजनिक गरेका हुन्।

कार्यक्रममा मदनकृष्णले पल्पसालाई अहिलेको अवस्थामा देख्दा नयाँ काम गर्न आफूलाई अझ धेरै प्रेरणा मिल्ने गरेको बतााए। अभिनेत्री तथा गायिका पल्पसाले मदिराको लतमा लागेका श्रीमान्लाई सुधार्न यो सन्देशमूलक गीत ल्याएको बताइन्। ‘मेरो स्वर खासै छैन, ठिकै मात्र छ। तर, पनि गीतबाट केही दिन सकिन्छ कि भन्ने चाहनाले यो गीत जन्मेको हो’ पल्पसाले भावुक हु“दै भनिन् ‘भाइले मृगौला दान गरेपछि बोनसमा पाएको यो जीवनमा धेरैभन्दा धेरैं काम गर्नुछ। त्यसैले जन्मदिनको अवसर पारेर यो नयाँ गीतबाट नयाँ कामको थालनी गरेकी हुँ।’

पल्पसाकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतमा रमेशराज भट्टराईको शब्द रचना र संगीत रहेको छ भने यसको सात मिनेटभन्दा लामो भिडियोमा उनीसँगै राजु भुजु, मञ्जु श्रेष्ठ, आरके मानन्धर र सुनीता श्रेष्ठ ठाकुरले अभिनय गरेका छन्। पल्पसा स्वयंले निर्देशन गरेका भिडियोमा दुर्गा पौडेलको छायांकन र नवीन घर्तीमगरको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्