पद्माको नजर ३ सँगै अम्मली

0
Shares

गीतकार पद्मा लिंखा मगरद्वारा रचयित गीतहरू संगृहित गीति अडियो एलबम नजर ३ हालै राजधानीमा सम्पन्न एक समारोहमा सार्वजनिक गरिएको छ।

विन्ध्यवासिनी फाउन्डेसनद्वारा शुक्रबार राति जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित १३औं रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड ससमारोहमा नजर ३ र त्यसमा समावेश अम्मली पो भए“ बोलको गीतको म्युजिक भिडियो संगीतकार दीपक जंगम दाजु, गीतकार दिनेश अधिकारी, एलबमका संगीतकार राजकुमार बगर र विन्ध्यवासिनी फाउन्डेसनकी अध्यक्ष लीना शर्मा रेग्मीले संयुक्तरूपमा विमोचन गरेका थिए। सार्वजनिक एलबममा कुल सात गीत संग्रहित छन् भने ती गीतमा संगीतकार राजकुमार बगरको एकल संगीत रहेको छ। राजेशपायल राई, अञ्जु पन्त, शिव परियार, राज सिग्देल, सिडी विजय अधिकारी, श्रेयसी चेम्जोङ, प्रताप दास, सागर आले र रचना रिमालद्वारा स्वरबद्ध गीतमा कमल सौराज, उदयराज पौडेल, फणिन्द्र राई र आशिष अविरलको संगीत संयोजन रहेको छ। ‘अहिले एल्बमको चलन त छैन, तर यसबाट यदि कुनै माध्यमबाट आर्थिक लाभ भएमा झुम्लावाङ् भिलेज फाउन्डेसन रुकुमलाई जानेछ। एल्बमको चलन हराइसकेकोले छुट्टाछुट्टै गरेर केही म्युजिक भिडियो सार्वजनिक गरिएका छन् र संकलनको रूपमा थोरै मात्र एल्बम निर्माण भएका छन्। त्यसैले, सबै गीत एकसाथ युट्युबबाट छिट्टै सार्वजनिक हु“दैछ’ झुम्लावाङ भिलेज फाउन्डेसनको संयोजकसमेत रहेकी गीतकार मगरले जानकारी गराएकी छन् ‘आफ्नो सिर्जना–यात्रालाई रुकुमको झुम्लावाङ गाउ“को दिगो विकासस“ग जोड्दै हालसम्म नजर ३ सहित पा”च कृतिलाई बजारमा ल्याउन पाउ“दा आफूलाई भाग्यमानी ठान्दछु।’

गीतकार मगरले आप्mना तीन कृति गीति एल्बम नजर–२, गीतसंग्रह इन्द्रेणी र गजलसंग्रह उज्यालोको खोजीको रकम पाँच लाख ८९ हजार तीन सय ७० तथा पहिलो एल्बम नजरबाट संकलित आठ लाख १८ हजार दुई सय ५० रुपिया“ झुम्लावाङ् भिलेज फाउन्डेसन रुकुमको सामुदायिक स्वास्थ्य केन्द्रलाई हस्तान्तरण गरेकी छन्। फाउन्डेसनअन्र्तगत सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालनको सिकाईस्वरूप स्वस्थ रहन रोगपछि उपचार मात्र नभएर दीर्घ रोग लाग्न नदिन पौष्टिक आहारको पनि उत्तिकै जरुरी छ भन्ने निष्कर्षस्वरूप साढे तीन वर्षयता पर्यावरणीय कृषिमा आधारित स्वास्थ्य तथा पोषण कार्यक्रमअन्तर्गत झुम्लावाङलगायत वरिपरिका अरु चार गाउ“ ९ क्याङ्सी, सिमा र मोरावाङ, गावाङमा करेसाबारी, घर बगैंचा, कृषि वनजस्ता कार्यक्रम सञ्चालन गरिरहेको र दुई विद्यालयमा विपन्न विद्यार्थीका लागि छात्रवृत्ति र स्वयंसेवक शिक्षक सहयोग कार्यक्रम पनि सञ्चालन गरिरहेको हाल अमेरिकाको न्युयोर्कमा रह“दै आएकी गीतकार मगरले जानकारी गराइन्।