मिस्टर एन्ड मिस नेसनल नेपालमा २१ प्रतियोगी

0
Shares

सनुर्भी इन्टरनेसनल प्रालिको आयोजनमा राजधानीमा हुन लागेको तेस्रो संस्करणको मिस्टर एन्ड मिस नेसनल नेपालको अन्तिम प्रतिस्पर्धामा २१ जनाले स्पर्धा गर्ने भएका छन्।

प्रतियोगिताबारे जानकारी दिन आयोजित कार्यक्रममा काठमाडौंसँगै इटहरी, धनगढी र पोखरामा भएको अडिसनमार्फत छनोट भएका एक सय ७० बाट छत्तिस र त्यसबाट छानिएका २१ जना प्रतियोगीले प्रतिस्पर्धा गरिरहेको नेपाल निर्देशक सन्तोष उपाध्यायले जानकारी दिए। उनले अन्तिम प्रतिस्पर्धामा विदेशमा बसोवास गरिरहेका, एनआरएन, सौन्दर्य प्रतियोगिता विजेतासमेत रहेका मिस जर्मनी समा पराजुली, मिस डायमन्ड सरोजी न्यौपाने, मिस सुदूरपश्चिम रोशनी चन्द, मिस पूर्वेली सुपर मोडल सुम्निमा खातुन, मिस टिन रनर्सअप सुस्मिता अधिकारी, मिस बाग्लुङ सकुना खत्री, हाउस अफ प्mयासन शिशिर वाग्ले, मिस्टर टिन रनर्सअप साइरस विश्वकर्मालगायत उनका अनुसार यसपटक मिस ग्लोब र मिस्टर इन्टरनेसनलको शीर्षकसमेत थपिएको छ। प्रतियोगिताको निर्णायकमा मिस्टर सुप्रानेसनल २०१८ का विजेता प्रथ्मेश मौलिङ्ग्कार रहेका छन्। प्रतियोगितमा पुरुष, महिला, समलिङ्गीस“गै एकलरूपमा जीवन बिताइरहेकाले समेत सहभागिता जनाउन पाउनेछन्।

प्रशान्त ताम्राकारको कोरियोग्राफी रहने प्रतियोगितामा दुई पुरुष र दुई महिला गरेर चार विजेता छानिनेछन्। पुरुष विजेताले अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस्टर सुप्रन्यासनल र मिस्टर इन्टरनेसनलमा सहभागिता जनाउनेछन् भने महिला विजेताले मिस सुप्रन्यासनल र मिस ग्लोबमा सहभागीको अवसर प्राप्त गर्नेछन्। प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा आगामी जेठ १ गते राजधानीमा हुनेछ।