पूर्वराजा ज्ञानेन्द्र लखनउमा, रुपेडियादेखि भिभिआइपी सुरक्षा

0
Shares

काठमाडौं ।

पूर्वराजा ज्ञानेन्द्र शाहको भारत भ्रमणको सबै सुरक्षा जिम्मा उत्तर प्रदेशका मुख्यमन्त्रीले दिएका छन् । शुक्रबार पुर्वराजा ज्ञानेन्द्र, पुर्वरानी कोमल, बुहारी हिमानी, छोरी प्रेरणा, बहिनी शोभा सहितको टोली नेपाल भारतको सिमाना रुपेडिया पुगेका थिए ।

उक्त टोलीमा निजी सचिव सागर तिमल्सिना, दुई नानी र दुई सहयोगी रहेका छन् । ती मध्य धिरेन्द्र पुत्रीद्धय पुजा र दिलाशा शनिबार लखनउ पुगेका थिए ।

रुपेडियासम्म निजी सुरक्षा टोलीसँग रहेका ज्ञानेन्द्र परिवार त्यसपछि भारतीय सुरक्षाटोलीको साथमा रहनुभएको थियो । १० दिने भारत भ्रमणको क्रममा उहाको सबै व्यवस्था उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले गर्नुभएको स्रोतको भनाई छ ।

ज्ञानेन्द्रलाई भीभीआईपी सुरक्षा सहित लखनउ लगिएको थियो । लखनउ बसाईको क्रममा ज्ञानेन्द्रले राजनीतिक भेटघाट गर्र्ने तयारी गरेका छन् ।

‘उतैबाट दिल्लीको लागि प्रस्थान गर्ने सम्भावना नकार्न सकिदैन’ उच्च स्रोतले भन्यो । असार १ गते सोमबार नेपाल फर्केलगत्तै पुर्वराजा ज्ञानेन्द्र शाह धनगढी जाने कार्यक्रम रहेको छ ।

जेठ ६ गते धनगढीका राजावादीले नागरिक अभिनन्दन गर्ने कार्यक्रम तय भएको छ । ज्ञानेन्द्रको टोली जेठ २२ गते काठमाडौं आउने कार्यक्रम रहेको निर्मल निवास स्रोतले जनाएको छ ।