कांग्रेस गण्डकीको प्रमुख सचेतकमा नन्दप्रसाद न्यौपाने मनोनीत

0
Shares

पोखरा ।

नेपाली कांग्रेस गण्डकी संसदीय दलको प्रमुख सचेतकमा नन्दप्रसाद न्यौपानेलाई मनोनयन गरिएको छ ।

संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले उनलाई आइतबार प्रमुख सचेतकमा मनोनयन गरेका हुन् ।  गोरखा क्षेत्र नम्बर १(१) बाट न्यौपाने निर्वाचित भएका हुन् । उनी पार्टी जिल्ला सभापति समेत हुन् ।