आज राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

0
Shares

काठमाडौं । राष्ट्रिय सभाको बैठक आज (आइतबार) बस्दैछ । राष्ट्रिय सभाको चौथो अधिवेशनको बैठक आज अपराह्न ४ बजे बस्ने भएको हो । बैठक संघीय संसद् भवन नयाँबानेश्वरमा बस्नेछ ।

बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त अधिवेशनसबन्धी पत्र अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पढेर सुनाउने छन् भने अध्यक्ष तिमिल्सिनाले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्री पदमा नियुक्ति र कार्यभार सम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची रहेको छ ।

यसैगरी, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले मुलुकी संहितासम्बन्धी नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०२८ पेस गर्ने कार्यक्रम रहेको छ ।

साथै, अर्थमन्त्री ड.प्रकाशशरण महतले आव २०८०/०८१ का लागि विनियोजित विधेयकका सिद्धान्त र प्राथमिकता सबन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।