नवनियुक्त सचिवहरुको शपथ आज

0
Shares

काठमाडौं । संघीय संसद् अन्र्तगतका दुईजना सचिवले आज पद तथा गोपनियताको शपथ लिँदैछन् ।

संघीय संसद् सचिवालय, सिंहदरबारमा आयोजना हुने एक समारोहका बिचमा पद तथा गोपनियताको शपथ लिन लागेका हुन् ।

सभामुख देवराज घिमिरेका प्रेस संयोजक शेखर अधिकारीका अनुसार बिहान १०ः१५ बजे उक्त शपथ समारोह कृषी समितिको हल, सिंहदरबारमा हुनेछ ।

प्रतिनिधि सभाका सचिव पदमप्रसाद पाण्डे र राष्ट्रिय सभाको सचिवमा डा. सुरेन्द्र अर्याल नियुक्त गत वैशाख २१ गते नियुक्त भएका थिए । संघीय संसद् सचिवालयमा सहसचिव पदमा कार्यरत पाण्डे र अर्याललाई राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार सचिब पदमा नियुक्त गरेका हुन् ।

उनीहरु दुवैजना नेपालको संबिधानको धारा १०६ बमोजिम सचिब पदमा नियुक्त भएका हुन् ।