आज प्रतिनिधि सभाको बैठक बस्दै

0
Shares

काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दैछ । प्रतिनिधि सभाको दोस्रो अधिवेशनको बैठक आज अपरान्ह ४ बजे बस्नेछ ।

संघीय संसद् भवन, नयाँबानेश्वरमा बस्ने उक्त बैठकमा राष्ट्रपति कार्यालयवाट प्राप्त अधिवेशनसम्बन्धी पत्र सभामुख देवराज घिमिरेले पढेर सुनाउने छन् भने सभामुख घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त नवनियुक्त मन्त्रीको नियुक्तीसबन्धी पत्र पढेर सुनाउने कार्यसूची रहेको छ ।

यसैगरी सभामुखले सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सांसदहरुलाई मनोनयन गर्ने तथा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले मुलुकी संहितासबन्धी नेपाल ऐनलाई संसोधन गर्ने अध्यादेश–२०२८ पेश गर्ने कार्यक्रम रहेको छ ।

त्यस्तै अर्थमन्त्री डा.प्रकाशशरण महतले आब २०८०/०८१ का लागि विनियोजित विधेयकका सिद्धान्त र प्राथमिकता सम्बनधमा (कर प्रस्तावबाहेक) माथी छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्ने सम्भावित कार्यसुचीमा उल्लेख छ ।