आजबाट बजेट अधिवेशन शुरू हुने

0
Shares

काठमाडौं । आजबाट बजेट अधिवेसन शुरु हुने भएको छ ।

जसअनुसार संघीय संसद् अन्तर्गतका दुवै सदनका बैठक आज आइतबारदेखि शुरु हुँदैछ ।

पुष्पकमल दाहाल प्रचण्डको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले दुवै सदनको बैठक आजका लागि आब्हान गरेका हुन् ।

प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक दिउँसो ४ बजे बस्ने संघीय संसद् सचिवालय, बानेश्वरमा बस्ने महासचिव भरतराज गौतमले जानकारी दिएका छन् ।

आगामी जेठ १५ गते आउने आर्थिक बर्ष २०८०/८१ को वार्षिक बजेट तथा सो अघि आउने नीति तथा कार्यक्रमका बारेमा दुवै सदनका बैठकमा प्रारम्भिक छलफल शुरु हुनेछ ।