विन्ध्यवासिनी म्युजिक अवार्डमा रुपक र जुनु सर्वोत्कृष्ट

0
Shares

नेपाली गीत संगीत अवार्डकै क्षेत्रमा महङ्कवपूर्ण मानिँदै आएको विन्ध्यवासिनी म्युजिक अवार्ड २०७९ शुक्रबार राजधानीमा भव्यताका साथ सम्पन्न भएको छ।

विन्ध्यवासिनी फाउन्डेसनद्वारा जमलस्थित राष्टिझय नाचघरमा आयोजित तेह्रौं रमपम विन्ध्यवासिनी म्युजिक अवार्डमा गीत संगीतमा अमूल्य योगदान पुर्याएवापत संगीतकार तथा संगीत प्रशिक्षक प्रकाश गुरुङलाई नगद एक लाख रुपियाँसहित विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड २०७९ बाट सम्मानित गरिएको छ। २०७९ सालमा बजारमा आएका गीत संगीतका विभिन्न २१ विधामा अवार्ड प्रदान गरिएको समारोहमा नगद ५० हजार रुपियाँसहित गायिका सुकमित गुरुङलाई विन्ध्यवासिनी संगीत साधना सम्मान २०७९ बाट सम्मानित गरिएको छ भने लोकगायक झलकमान गन्धर्वको नाममा यसै वर्ष स्थापित झलकमान लोक संगीत सम्मान २०७९ बाट नगद २५ हजार रुपियाँसहित लोकगायक बद्री पंगेनीलाई सम्मान गरिएको छ।

समारोहमा पत्नी र छोरीसहित सम्मान ग्रहण गर्न मञ्चमा उक्लिएका लोकगायक बद्री पंगेनीले आपूmलाई शब्दरुपी सम्मान र माया काफी भएको भन्दै सम्मानवापत प्राप्त २५ हजार रुपियाँ विन्ध्यवासिनी फाउन्डेसनलाई हस्तानतरण गरेका थिए। मुक्तिनाथ विकास बैंक लिमिटेडको प्रस्तुतिमा सम्पन्न समारोहमा ख्यातिप्राप्त गायक स्व. प्रेमध्वज प्रधानको नाममा स्थापित प्रेमध्वज संगीत रत्न सम्मान २०७९ गायक तथा संगीतकार भविन ढुगाना र यस वर्षको विन्ध्यवासिनी कला पत्रकारिता सम्मान २०७९ नगद २५ हजार रुपियाँसहित नरेश भद्मराईलाई प्रदान गरिएको छ।

समारोहमा गीति संग्रह नजर ३ विमोचन गरिएको थियो भने नजर २ गीति संग्रहको सम्पूर्ण आम्दानी झुम्लावाङ भिलेज फाउन्डेसनलाई हस्तान्तरण गरिएको थियो। विन्ध्यवासिनी फाउन्डेसनले यसअघि नजर गीति संग्रहबाट संकलित सम्पूर्ण आम्दानी आठ लाख १८ हजार दुई सय ५० रुपियाँ दुई किस्ता गरी सोही संस्थालाई हस्तान्तरण गरेको फाउन्डेसनकी अध्यक्ष लीना शर्मा रेग्मीले जानकारी गराइन्।

चमक दमकका साथ सम्पन्न समारोहमा सुगम संगीततर्पm छुटेपछि त छुट्यो बोलको गीतबाट दिपीका रिमाल थापा सर्वोत्कृष्ट गीत, तिमी बिनाबाट रुपक डोटेल र न दोष तिम्रो न दोष मेरोबाट जुनु रिजाल काप्mले गायन, अघि बढे भेल बाढीबाट ईश्वर अमात्य संगीतकार, झुम्के बुलाकीबाट बि पाण्डे गीत रचना, एउटा कथाबाट प्रभा बर्तौला महिला गीतकार, दिलको डायरीमाबाट कुमारी बराइली र विमल अधिकारी म्युजिक भिडियो मोडल, एउटा कथाबाट रामजी लामिछाने म्युजिक भिडियो निर्देशक, सरानकोटको डा“डैमाबाट अजय रेग्मी छायाँकार र पिरबाट प्रवीण भद्म भिडियो सम्पादकको अवार्ड चुमे। सञ्चारकर्मी निराजन भण्डारी र मिस नेपाल तथा सञ्चारकर्मी सुगरीका केसीद्वारा सञ्चालित समारोहमा आधा रातमाबाट संजीव सिंह पप गायन, ए होर मायाबाट हिमाल सागर र अनु चौधरी युगल गायन, साथले तिम्रोबाट साहास शाक्य एरेन्जर तथा पाखेबाट विक्रम परियार र रुदै रुदै नौतुना रेलैमाबाट सुनीता बुढा छेत्री लोकदोहोरी गायन विधाको अवार्ड उचाल्न सफल भए।

सुमनकुमार श्रेष्ठ र अस्मिता परियारले सम्मानित संगीतकर्मीको सम्मानमा उनीहरुकै गीत गाएर तथा शंकर बिसी र काजिश श्रेष्ठले आप्mनो समूहका साथ एवं लोमश शर्मा र रुविना अधिकारीले युगल नृत्य प्रस्तुत गरर मनोरञ्जक रुप दिएको समारोहमा दोहोरीतर्फ मकै पिस्ने जातोबाट स्मृति तिमल्सिना म्युजिक भिडियो निर्देशक, बिउरियो दुईदिने चोलाबाट रुबिना अधिकारी र लोमस शर्मा मोडल, गुल्मेली हुम करबाट सन्तोष केसी लोक दोहोरी भाका र सुन्य भयो डाँडैको चौरबाट घनश्याम रिजाल सर्वोत्कृष्ट गीतको विजेता भए भने हाम्रो देशको सिमानाबाट अर्नुन कौशल राष्ट्रिय भावनाले ओतप्रोत गीत र कौशिला खनाल कर्माचार्य विन्ध्यवासिनी अन्तर्राष्ट्रिय साधक पुरस्कार विजेता भए।

संगीतकर्मी र संगीत पारखीले खचाखच भरिएको समारोहमा दीपेन्द्र तिमल्सिनालाई म्युजिक भिडियो निर्देशनतर्पmको पब्लीक च्वाईस अवार्ड, प्रकाश धमला पपूलर अवार्ड, काजीश श्रेष्ठ म्युजिक भिडियो निर्देशनतर्पm जुरी अवार्ड, तेजस रेग्मी गायनतर्फको जुरी अवार्ड, बादल घिमिरे अभिनयतर्पmको जुरी अवार्ड, नरहरी प्रेमी संगीततर्फको जुरी अवार्ड र कमल सरगम गीततर्फको जुरी अवार्ड विजेता भए। अवार्ड समारोहलाई चुस्त बनाउनका लागि यस वर्षबाट केवल २१ विधामा अवार्ड प्रदान गरिएको आयोजक संस्था विन्ध्यवासिनी फाउन्डेसनका सुवास रेग्मीले जानकारी गराए।