स्वार्थ रहित सेवाले मात्र नागरिकलाई शान्ति सुरक्षाको अनुभूति हुन्छ : आईजिपी कुँवर

0
Shares

बुटवल।

नेपाल प्रहरीका महानिरीक्षक वसन्त बहादुर कुँवरले आमनागरिक र समाजप्रति प्रहरी बढी जिम्मेवार भएको बताउनु भयो । बिहीबार इलाका प्रहरी कार्यालय बुटवलको नवनिर्मित प्रशासनिक भवनको उद्घाटन गर्दै महानिरीक्षक कुँवरले निजी स्वार्थ भन्दा माथि उठेर संस्थागत हितमा काम गर्न मातहात निकायलाई निर्देशन दिएका छन् ।

निस्वार्थ गरिएको सेवाले मात्र नागरिकलाई शान्ति सुरक्षाको अनुभूति हुने बताउँदै आइजिपी कुँवरले सुरक्षा व्यवस्थामा कुनै कसर बाँकी नराख्ने अडान लिने दाबी गर्नु भयो।

समाजमा हुने आपराधिक गतिविधिलाई नियन्त्रण गर्ने देखि कानुनी कारर्वाहीमा ल्याउन सम्म प्रहरी अति नै संवेदनशील भएको र नागरिकलाई न्यायको प्रत्याभूति हुने तरिकाले कार्य सम्पादन गर्ने प्रतिबद्धता व्यक्त गनुर्र भयो ।

प्रशासनिक कामका लागी नेपाल प्रहरीले करिब ४ सय वटा भवन भाडामा लिएर सेवा सञ्चालन गरिरहेको जानकारी गराउँदै आइजिपी कुँवरले नागरिकको सेवालाई सहज र गुणस्तर बनाउन बुटवलमा भवनलाई विधिवत् सुचारु गरिएको उल्लेख गर्नु भयो ।उच्च मनोबल र सकारात्मक सोचले मात्र नागरिकमैत्री सेवा दिन सकिने भन्दै आइजिपी कुँवरले कुशल कार्यशैली प्रभावले मात्र प्रहरीप्रतिको जनविश्वास बढ्दै जाने बताउनु भयो ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले आन्तरिक सुरक्षा बलियो बनाउने खम्बा नेपाल प्रहरी भएको बताउनु भयो । कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेले आमनागरिकको सुरक्षाको अभिन्न अङ्ग प्रहरी भएको बताउनु भयो ।विनावर्दीका नागरिक पनि प्रहरी भएका कारण समाजमा हुने विकृति,विसङ्गतिको विरुद्धमा नेपाल प्रहरी सँग हातेमालो गर्नुपर्ने मेयर पाण्डेले औँल्याउनु भयो । कार्यक्रममा नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक उमेशराज जोशीको धन्यवाद ज्ञापन,रुपन्देही जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भरत बहादुर वि.कको स्वागत मन्तव्य तथा इलाका प्रहरी कार्यालय बुटवल प्रहरी नायव उपरीक्षक दान बहादुर थापाले सञ्चालन गर्नु भएको थियो ।