लागूऔषधसहित वीरेन्द्रनगरबाट एक जना पक्राउ

0
Shares

सुर्खेत।

सुर्खेतको वीरेन्द्रनगरबाट प्रहरीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङको तुल्सिपुर उप–महानगरपालिका ७ का १८ वर्षीय राजु रावत रहेका छन् ।

उनलाई सुर्खेत प्रहरीले वीरेन्द्रनगर नगरपालिका–६ नयाँ बसपार्कबाट पक्राउ गरेको हो ।

शंकास्पद तरिकाले हिँडिरहेको अवस्थामा शंका लागेपछि उनलाई नियन्त्रणमा लिइएको र चेकजाँचका क्रममा जुत्तामा मेघाश्रीको खोल्सो भित्र लागूऔषध लुकाई राखेको भेटिएको प्रहरीले जनाएको छ ।

उनको साथबाट २१० मिलि ग्रा.म लागुऔषध फेला पारिएको प्रहरीले जनाएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।