महिलाको फोटो र भिडिओ तोडमोड गरी टिकटकमा चरित्रहत्या गर्ने एक जना पक्राउ

0
Shares

काठमाडौं।

सामाजिक सञ्जाल टिकटकमार्फत महिलाको चरित्र हत्या गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । चितवन प्रहरीको सहयोगमा साइबर ब्युरोको टोलीले बुधबार विजय लामा भन्ने डम्बर बहादुर तामाङलाई पक्राउ गरेको हो ।

उनले सामाजिक सञ्जाल टिकटकमा पीडितको फोटो र भिडिओलाई काटकुट पारी अश्लीलता सहित प्रसारण गर्ने र महिलाको चरित्रमा आँच पुर्‍याउने काम गरेको आरोप छ । सार्वजनिक नैतिकता र शिष्टाचारमा असर पार्ने गरी चरित्र हत्या गर्ने कार्यमा संलग्न रहेको भन्दै तामाङलाई पक्राउ गरिएको हो ।

चितवन जिल्ला राप्ती नगरपालिका वडा नम्बर ९ बस्ने २९ वर्षीय लामा विरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गतको कसूरमा बिहीबार पाँच दिनको म्याद थप भई आवश्यक अनुसन्धान कार्य भइरहेको छ ।