रायमाझीको बचाउमा एमाले अध्यक्ष ओली

0
Shares

काठमाडौं ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहलाई साथ दिएका नेकपा एमालेका सचिव तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीको बचाउमा एमाले अध्यक्ष केपी शर्मा ओलीनै उत्रनुचएको छ ।

उपप्रधानमन्त्री भइसकेको बहालवाला सांसदलाई प्रहरीले बाटोबाटै समातेर हत्कडी लगाउन खोजेको भन्दै ओलीले यसको प्रतिवाद गर्नुभएको हो ।

पटक–पटक सांसद, मन्त्री र उपप्रधानमन्त्री भइसकेको बहालवाला सांसदलाई बाटोबाटै हत्कडी लगाउनु आवश्यक नरहेको उहाँको भनाइ छ । ‘एउटा बहालवाला सांसद, पटक पटक मन्त्री, उपप्रधानमन्त्री भइसकेको मान्छेलाई बाटोबाटै हत्कडी लगाउनुपर्दैन, ऊ भागेर कतै जाँदैन, त्यसकारण यो निकै रहस्यमय छ,’ ओलीले भन्नुभयो ।

अध्यक्ष ओलीले बिहीबार सिंहदरबार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाललाई समेत त्यस घटनाबारे ध्यानाकर्षण गराउदै सो प्रकरणमा निर्दोषलाई फसाउन नदिइने बताउनुभयो ।

प्रहरीको खोजी सूचीमा रहेका रायमाझिलाई बिहीबार बिहान धनगढीबाट पक्राउ गरिएको भनीएपनि उहाँ त्यहाबाट फरार रहेको बुझिएको छ ।

‘यो प्रकरणमा को–को दोषी हुन् रु नियतवश तानिएको हो कि तनाइएको हो रु भनेर हामी पनि अध्ययन गर्दैछौँ,’ रायमाझीका पक्षमा उभिएर ओलीले भन्नुभयो ‘यसमा निदोष पर्नु हुँदैन, तर दोषी उम्किनु हुँदैन ।

निर्दोषलाई फसाउन खोजियो भने हामी चुप लागेर बस्दैनौँ ।’ तत्कालीन ऊर्जामन्त्री टोपबहादुर रायमाझीविरुद्ध बुधबार पक्राउ पुर्जी जारी भएको छ भने छोरा सन्दीपलाई बुधबार साँझ प्रहरीले बुटवलबाट नियन्त्रणमा लिएको छ ।

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै मोटो रकम असुली गर्ने नाइकेहरू केशव दुलाल, सानु भण्डारी, टंक गुरुङ, सन्देश शर्मा पोखरेल र सागर थुलुङ राई पक्राउ परेपछि उनीहरूबाट बरामद प्रमाण तथा बयानका आधारमा प्रहरीले थप अनुसन्धान गरेको हो ।

प्रहरीले आरोपितहरूको बैंकिङ कारोबारलाई पनि पछ्याउँदै अनुसन्धान गरिरहेको छ । यस घटनामा उच्च पदस्त कर्मचारी ९वर्तमान र पूर्व सचिव०हरु र नेताका छोराहरु समेत पक्राउ परिसकेका छन भने नेताहरु तानिने अवस्थामा छन् ।