कार्यालयमै खेल्ने नगर प्रहरीलाई निलम्बन गर्दै काठमाडौं महानगर

0
Shares

काठमाडौं ।

कार्यालय समयमा तास खेलिरहेका ३ जना नगर प्रहरीमाथि काठमाडौं महानगरपालिकाले कारबाही गर्ने भएको छ । हाल उनीहरूलाई निलम्बनको प्रक्रिया अगाडी बढाइएको महानगरलेलाई जानकारी दिएको छ ।

बुधवार दिउँसो टेकुस्थित नगर प्रहरी बलको कार्यालयमा ३ जना नगर प्रहरी तास खेलिरहेको अवस्थामा फेला परेका थिए । यसरी कार्यालय समयमा तास खेल्नेमा नगर प्रहरी इन्स्पेक्टर निरकुमार बस्नेत, हवलदार प्रयास घिमिरे र जवान रुपेश बानियाँ रहेका छन्। अहिले अन्य व्यक्ति माथि पनि छानबिन भइरहेको छ । उक्त घटनामा अरु पनि संलग्न भएको पाइएमा उनीहरूलाई कारबाही गर्ने महानगरको तयारी छ।