गण्डकीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

0
Shares

पोखरा।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले विश्वासको मत पाएका छन्। बिहीबार बसेको प्रदेशसभाभ बैठकमा मुख्यमन्त्री पाण्डेको पक्षमा ३५ र विपक्षमा २२ मत प्राप्त भएको छ।

पाण्डे गत वैशाख १५ गते मुख्यमन्त्री नियुक्त भएका थिए।

उनले नेपाली कांग्र्सको २७, माओवादी ७ र दीपक मनाङेको मत पाए। तर, राप्रपा भने तटस्थ बस्यो। विपक्षमा नेकपा एमालेका २२ सांसदले मत दिए।

गएको पुस २५ गते माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थनमा मुख्यमन्त्री बनेका एमाले नेता खगराज अधिकारीले चैत ९ गते विश्वासको मत गुमाएपछि सुरेन्द्र मुख्यमन्त्री बनेका हुन्।