गाजाँसहित दुई व्यक्ति र ट्रक सशस्त्र प्रहरीको नियन्त्रणमा

0
Shares

सुनसरी।

जिल्लाको धरान उपमहानगरपालिका १३ शिवधारास्थित कोशी राजमर्गबाट बिहीबार सशस्त्र प्रहरीले २ सय २७ किलो ४ सय ग्राम गाजँसहित २ जना व्यक्ति र ट्रक नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश धरानले धनकुटाबाट ईटहरीतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ९४८९ नम्बरको ट्रकमा ८ वटा पोकामा लैजाँदै गरेको उल्लेखित परिमाणको गाजाँसहित गाडी चालक धनकुटा जिल्लाको छथर जोरपाटी गाउँपालिका ६ बस्ने ३४ वर्षीय चन्द्र थापा क्षेत्री र सहचालक तेह्रथुम
जिल्लाको छथर गाउँपालिका २ बस्ने २८ वर्षीय चुडामणी कटुवाललाई नियन्त्रणमा लिएको हो ।

उनीहरुको साथबाट ६० हजार नेपाली रुपैयाँ, ४ वटा मोवाईल सेट, बाटोको ईजाजत पत्र र सवारी दर्ता प्रमाणपत्रसमेत बरामद भएको छ प्रहरीले जनाएको छ।

नियन्त्रणमा लिइएका उनीहरुलाई ट्रक, गाजाँ र बरामद सामाग्रीसहित आवश्यक कारवाहीको लागी ईलाका प्रहरी कार्यालय धरानमा बुझाइएको सशस्त्र प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए ।