काठमाडौँ ।
नेकपा एमालेका नेता विष्णु रिमालले भुटानी शरणार्थी मुद्दाका दोषीहरुले उन्मुक्ति पाउन नहुने बताएका छन् ।
नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजानका लागि किर्ते कार्य गरेको भन्दै एमाले सचिव टोपबहादुर रायमाझी पनि संलग्न भइरहेको खबर बाहिर आएको बेला रिमालको यस्तो टिप्पणी आएको हो ।
‘भुटानी शरणार्थी प्रकरणमा होस् वा अन्य कुनै, कानुनभन्दा माथि कोही हुँदैनन् । उन्मुक्ति कसैलाई पनि हुनुहुन्न। निर्दोष नफसुन्, कोही दोषी नउम्किउन्,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘छानबिन हुनुपर्छ, छानबिनमा सबैले सहयोग गर्नुपर्छ।यस्ता घटनालाई राजनीतिकरण गर्नुहुन्न। कानुनको पालना सबैले गर्नुपर्छ।’











प्रतिक्रिया