दार्चुला हिमपहिरो अपडेट : भारतीय सडक प्रयोग गरी शव खलंगा ल्याइँदै, दुई जना अझै बेपत्ता

0
Shares

दार्चुला ।

दार्चुलाको व्यास गाउँपालिका–१ मा हिमपहिरोमा परी ज्यान गुमाएका तीनजनाको शव सदरमुकाम खलंगा ल्याइँदै छ ।

मंगलबार हिमपहिरोमा परेर ज्यान गुमाएका दार्चुलाको दुहुँ गाउँपालिकाका ३८ वर्षीया कमला कुँवर, १८ वर्षीय प्रवीण कुँवर र डोटीको जोरायल गाउँपालिकाकी क्षिमी सोमो थापाको  शव भारतीय सडक प्रयोग गरेर खलंगा ल्याउन लागिएको हो  ।

यार्सा टिप्न जानेक्रममा उनीहरु हिमपहिरोमा परेका थिए ।  लगातारको वर्षाका कारण नेपाली भूमि प्रयोग गरेर शव ल्याउन नसकिने भएकाले भारतीय सडक प्रयोग गर्न लागिएको हो ।

साथै सोही हिमपहिरोमा परेर बेपत्ता भएका डोटीको जोरायलकी ४५ वर्षीया नक्नी डोल्मा थापा र सोही ठाउँकी २८ वर्षीया ईश्वरी थापाको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।