भिडियोमा रामकृष्ण र केकीको जोडी



लोकप्रिय संगीतकार शम्भुजित बासकोटाको संगीत र गायक रामकृष्ण ढकालको स्वरमा हालै राजधानीमा आयोजित एक समारोहबीच माया हुन्छ भन न बोलको गीत भिडियोसहित सार्वजनिक गरिएको छ।

ज्ञानेन्द्र गदालको शब्द रचना र दीक्षित पौडेलको एरेन्ज रहेको गीत भिडियोसहित म्युजिक नेपालद्वारा आयोजित समारोहबीच सार्वजनिक गरिएको हो। गीतको भिडियोमा गायक स्वयम् रामकृष्ण ढकालका साथमा नायिका केकी अधिकारीले अभिनय गरेकी छन्।

निकेश खड्काको निर्देशन रहेको भिडियोमा बुद्ध थापाको छायांकन र विकास धमलाको सम्पादन रहेको छ। गीत र यसको भिडियो म्युजिक नेपालको युट्युब च्यानल, म्युजिक नेपालद्वारा उत्पादित मोमो एप्स र ६० भन्दा बढी डिजिटल प्लेटफर्ममा एकसाथ सार्वजनिक गरिएको छ । कार्यक्रममा गायक रामकृष्ण ढकालले केही गीत गाएर सुनाएका थिए।

प्रतिक्रिया दिनुहोस्