उर्मिलाले ल्याइन् भजन

0
Shares

गायिका उर्मिला लाम्गादेको स्वरमा आशिषमय भजन मेरो बुबाको घरको फिमेल भर्सन सार्वजनिक गएिको छ।

दर्शक स्रोतामाझ लोकप्रिय यस भजनका वास्तविक गायक, संगीतकार तथा गीतकार पास्टर रोहित थापा हुन्। भजनको भिडियोमा स्वयम् गायिका लाम्गादे र उनको परिवारलाई फिचरिङ गरिएको छ। अमेरिकामा छायांकन गरिएको भिडियोमा बिक्की पुलामीको छायांकन र निर्देशन रहेको छ भने विष्णु खड्काले सम्पादन गरेका छन्। भिडियो गायिका लाम्गादेको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

गायिका लाम्गादेको स्वरमा यसअघि जवानी ताजा ताजा छ, माया बैगुनी, लिन आउँछु भन्थ्यौ लगायतका गीत सार्वजनिक भइसकेका छन्। गायनसँगै अभिनयमा समेत रुचि राख्ने लाम्गादेले दलन नामक टेलिफिल्म र चेतनामूलक विज्ञापनहरुमा अभिनय गर्दै आएकी छन्।