कांग्रेस नेता शंकर कँडेल मृत फेला

0
Shares

काठमाडौं ।

नेपाली कांग्रेस चितवनका नेता शंकर कँडेल मृत फेला परेका छन्।  चितवनमा पोल्ट्री व्यवसाय गर्दै आएका कँडेल मंगलबार साँझ भरतपुर महानगरपालिका–३ बेल्चोकस्थित आफ्नै कार्यालयमा मृत फेला परेका हुन्।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार प्रहरीले कँडेल मृत फेला परेको सूचना मंगलबार साँझ ६ बजे प्राप्त गरेको थियो। सूचनालगत्तै परिचालन भएको प्रहरीले घटनास्थलबाट सुसाइड नोट फेला पारेको छ। सुसाइड नोटबारे अनुसन्धान भइरहेको डिएसपी पण्डितले जानकारी दिए।

कँडेलको शव पोस्टमर्टमका लागि भरतपुर अस्पताल लगिएको पण्डितले जानकारी दिए। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।