माओवादी केन्द्रको व्यवहार देखेर आजित छौँ : माधव नेपाल

0
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को व्यवहार देखेर आजित भएको माधवकुमार नेपालले बताएका छन् । आज (बुधबार) विहान सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपालले यस्तो बताएका हुन् ।

नेपालले कर्णाली प्रदेशको मन्त्रिपरिषद् विस्तार गर्दा माओवादी केन्द्रले एकीकृत समाजवादीलाई पूरै बेवास्ता गरेको दुखेसो गरे । उनले माओवादी केन्द्रको केन्द्रदेखि प्रदेशसम्म देखाएको दम्भले आफूहरु द्खी भएको बताए ।

उनले भने, ‘कर्णालीमा हाम्रो पार्टीलाई पूरै बेवास्ता गरिएको छ, यो राम्रो होइन, ‘सरकारमा एकलौटी गर्न खोजिएको छ, यहाँ माओवादी केन्द्रको दम्भ र घमण्डले हाम्रा साथीहरु दुखी हुनुहुन्छ ।’

‘जनतालाई खुसी बनाउनुपर्छ भन्ने मेरो चाहना हो, समाज समृद्ध भएपछि मात्र सबै प्रसन्न हुन्छन्,’ नेपालले भने, ‘हाम्रो पार्र्टी नयाँ अभियानका साथ अघि बढीरहेको छ, भ्रष्टाचारलगायत सबै खालका विकृतिबाट टाढा रहने र अरूभन्दा भिन्न देखिने हाम्रो प्रयास हो ।’

नेकपा (एकीकृत समाजवादी)का अध्यक्षसमेत रहेका माधवकुमार नेपालले केन्द्रमा गठबन्धन टिकाउने हरदम कोसिस भइरहँदा प्रदेशमा आफूहरुलाई वाइपास गरेको भन्दै दुखेसो गरे ।