दार्चुला हिमपहिरोमा बेपत्ता ५ जनाको पहिचान खुल्यो, बाँकीको खोजी कार्य जारी

0
Shares

दार्चुला । दार्चुलाको व्यास गाउँपालिका–१ छाङरुस्थित भोलुममा गएको हिमपहिरोमा परि बेपत्ता भएका पाँच जनाको पहिचान खुलेको छ ।

बेपत्ता भएका पाँच जनामध्ये तीन जना डोटी बुडरका छन् भने २ जना दुँहु गाउँपालिकाका बासिन्दा हुन् ।

उनीहरु यार्सा संकलकका लागि टेन्टमुनी बसेका थिए । उनीहरु बसेकै अवस्थामा एक्कासी मंगलबार दिउँसो खसेको हिमपहिरोमा परि पुरिएका थिए ।

पुरिएकामध्ये सात जनालाई सुरक्षाकर्मीले मंगलबार नै उद्धार गरि छाङरु पुर्याएका थिए ।

बेपत्ता हुनेमा डोटीको जोरायल गाउँपालिका–२ बुडरकी ४५ वर्षीया नक्नी डोल्मा थापा, सोही ठाउँकी २८ वर्षीया ईश्वरी थापा र १५ वर्षीया क्षिमी सोमो थापा रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्र सिंहले बताए ।

यस्तै उक्त पहिरोमा परि दुँहु गाउँपालिका–४ की ३८ वर्षीया कमला कुँवर र १८ वर्षीय प्रवीण कुँवर पनि बेपत्ता भएका छन् ।