नेपालकी शन्नीलाई बुल्गेरियाबाट मिसेस युनिभर्स लोयलको उपाधि

0
Shares

बेलायतमा बस्दै आएकी मिसेस नेपाल युनिभर्स शन्नी शाहीले अन्तर्राष्टिझय ब्युटी पेजेन्टमा सफलता हासिल गरेकी छन्।

केही महिनाअघि मिसेस नेपाल युनिभर्सल २०२२ ताज जितेपछि हालै बुल्गेरियामा सम्पन्न मिसेस युनिभर्स २०२२ मा नेपालको तर्फबाट सहभागी उनले विवाहित महिलाहरुको सोही अन्तर्राष्टिझय सौन्दर्य प्रतियोगितामा मिसेस युनिभर्स लोयल २०२२ को उपाधि जितेकी हुन्।

उनी नेपालको प्रतिनिधित्व गर्दै सो सौन्दर्य प्रतियोगितामा सहभागी भएकी हुन्। ४०औं मिसेस युनिभर्स २०२२ मा एक सय २० देशका महिला प्रतिस्पर्धामा उत्रिएका थिए। विजेतासहित एक दर्जन उपाधि थिए। जसमा नेपालकी शन्नीले मिसेस युनिभर्स लोयल २०२२ को टाइटल जितेकी हुन्। ञम शीर्ष उपाधि नै जित्ने तयारीका साथ म प्रतिस्पर्धामा उत्रिएको थिए। शीर्ष नभए पनि एउटा टाइटल मिसेस युनिभर्स लोयल २०२२ जितेकी छु र नेपाललाई मिसेस युनिभर्सको स्टेजमा चिनाएकी छु, शन्नीले भनिन्। अन्तर्राष्टिझय उपाधि चुमेपछि बेलायतबाट काठमाडौं आएकी उनी नेपाल राष्टिझय खड्गी समाज, भमुलु अजिमा परिवार, शिवम् बाँसुरी खलबाट सम्मानित पनि भएकी छन्।

लन्डन फेसन होमले आयोजना गरेको मिसेस नेपाल युनिभर्समा १७ जनालाई उछिनेर शन्नीले शीर्ष उपाधि जितेकी थिइन्। काठमाडौंको असनमा जन्मिएकी उनी ब्युटी एक्सपर्ट पनि हुन्। उनको लन्डनमा ब्युटीसम्बन्धी व्यवसाय छ। दुई छोरीकी आमा शन्नी विवाहपछि पनि महिलाले चाहेको सफलता हासिल गर्न सक्ने बताउँछिन्।