दार्चुलामा हिमपहिरोमा परी ५ जना बेपत्ता

0
Shares

दार्चुला । 

दार्चुलामा हिमपहिरोमा परी ५ जना बेपत्ता भएका छन् । जिल्लाको ब्याँस गाउँपालिका–१ मा पर्ने भोलिन वनमा माथीबाट खसेको हिमपहिरोमा परी यार्सागुम्बा संकलन गर्न गएका ५ जना बेपत्ता भएका सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलाका गणपति डम्बर बहादुर विष्टले जानकारी दिनुभयो ।

मंगलबार दिउसो ३ बजेतिर खसेको हिमपहिरोमा परी ४ महिला र एक जना पुरुष बेपत्ता भएको जानकारी प्राप्त भएको उहाले बताउनुभयो । ४ जना महिलाहरु डोटी जिल्लाको बुडरका रहेको तथा एक जना पुरुष दार्चुलाको दुहुँ गाउँपालिकाको पोक्से घर भएका रहेको प्रारम्भिक जानकारी प्राप्त भएको बताइएको छ ।

   सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म छाङरुका डिएसपी ईश्वरी दत्त भट्टका अनुसार त्यहाँ बसेका १२ जना यार्सा संकलकमध्ये ७ जना सकुशल रहेका छन् । यार्सा संकलक त्रिपाल टागेर बसेका बेला हिमपहिरो खसेको बताइएको छ । अहिले घटनास्थलमा सशस्त्र प्रहरी सँगै नेपाल प्रहरीको टोलीले वेपत्ताहरुको खोजी कार्य गरिरेहेको छ ।

   ‘हाम्रो टोलीले उनिहरु बसेको त्रिपाल भित्र र वरपर हे¥र्यौ कहि भेटिनु भएन सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म छाङरुका डिएसपी ईश्वरी दत्त भट्टले भन्नुभयो ।’ घट्ना स्थलमा ५ फिट उचाइको हिउ जमेको छ खोजी कार्य गर्न निकै कठिन भैइरहेको छ, उहाले थप्नुभयो । घट्ना स्थलमा अहिले पनि हिमपात भइरहेकाले बेपत्ताहरुको खोजीमा समस्या भइरहेको उहाले बताउनुभयो । सकुशल भेट्टीएकाहरुलाई सुरक्षित स्थान तर्फ सार्ने कार्य भइरहेको उहाले बताउनुभयो ।