दार्चुलामा हिमपहिरो, ७ जना पुरिएकाे आशंका

0
Shares

दार्चुलामा ।

जिल्लाको ब्याँस गाउँपालिका–१ को भोलिन वन (यार्सागसम्बा पाइने लेक) मा हिमपहिरो जाँदा ७ जना वेपत्ता भएको आशंका गरिएको छ । यार्सागुम्बा टिप्न गएका १५ जना मध्ये ८ जना सम्पर्कमा आएको तथा ७ जना सम्पर्कमा नआएको बताइएको छ ।

आज दिउँसो हिमपहिरो गएको हो । भोलिन वनमामा १४/१५ जना व्यक्ति यार्सागुम्बा टिप्न गएको र टेन्टमा बसेको बेला हिमपहिरोमा खसेको हो । ब्याँस–१ मै रहेको सशस्त्र प्रहरी बलको ५० नम्बर गुल्मबाट र प्रहरी चौकी सितापुलबाट २५ जनाको टोली घटनास्थलतर्फ गएको तथा उनीहरू पुगेपछि क्षतिबारे जानकारी आउने सुरक्षा स्रोतले जनाएको छ ।