यार्सा खोज्न गएका ९ जना हिमपहिरोमा पुरिएको आशंका, सशस्त्र प्रहरी जाँदै

0
Shares

काठमाडौँ।

दार्चुलामा यार्सागुम्बा खोज्न गएका ९ जना हिमपहिरोमा पुरिएको आशंका गरिएको छ।

मंगलबार दिउँसो दार्चुलाको ब्याँस गाउँपालिका-१ बोलिनमा यार्सागुम्बा खोज्न गएका करिब८/ ९ जना स्थानीयबासी त्रिपालमा बसिरहेको अवस्थामा हिम पहिरोले पुरिएको खबर प्राप्त भएको सशस्त्र प्रहरीले जनाएको छ।

त्रिपालमुनि बसिरहेका बेला उनीहरु हिमपहिरोमा परेको आशंकासहितको खबर आएपछि अहिले सशस्त्र प्रहरी बल ५० नम्बर गुल्म छाङरुबाट डीएसपीको कमान्डमा ३० जनाको टोली उक्त इलाकातर्फ गएको छ ।