मुस्ताङमा पैसा चोरेर भागेका युवक भक्तपुरबाट पक्राउ

0
Shares

काठमाडौं ।

मुस्ताङबाट पैसा चोरेर भागेको आरोपमा भक्तपुरबाट एक युवक पक्राउ परेका छन् ।

गत १२ पुसमा मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ स्थित छिरिङ खाजाघरबाट पाँच लाख रुपैयाँ चोरेर भागेको आरोपमा भक्तपुरको सूर्यविनायक–५ जगातीबाट रामेछापको सुनापति गाउँपालिका–२ का ३२ वर्षीय राजकुमार मोक्तानलाई प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौं उपत्यका अपराधन अनुसन्धान कार्यालयका अनुसार उनलाई १७ वैशाखमा पक्राउ गरिएको हो । कारबाहीका लागि उनलाई जिल्ला प्रहरी कार्यालय मुस्ताङमा पठाइएको कार्यालयका प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए ।